काठमाडौँ । ग्लोबल आइएमई बैंकले ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
गुल्मीको मुसीकोट नगरपालिका ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले गरेका हुन् ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्