नबिल ब्यालेन्स्ड फण्ड–२ ले ९.६ प्रतिशत लाभांश दिने


काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’ ले कर सहित ९.६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

असोज ११ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने जनाएको छ ।