नेप्से परिसूचक बढ्यो, कारोबार रकम ४ अर्बभन्दा कम


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक नेप्से परिसूचक बढेको छ । नेप्से ७.९० अंकले बढेर २७६५.४३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ८ वटा उपसमुहमा हरियाली छाएको छ भने ५ ओटा उपसमुह राताम्ये बनेका छन् ।

आज नेप्सेमा कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ३४ करोड ४१ लाख २५ हजार ५ सय २ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज मानुषी लघुवित्त वित्तिय संस्था र चन्द्रागिरी हिल्सका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य क्रमश १० र ९.७५ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै एभरेष्ट इन्सुरेन्सको प्रोमोटर शेयर, कर्पोरेट विकास बैंक र रिलायन्स फाइनान्सका सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ४.१४, ३.७० र ३.०६ प्रतिशतले घटेको छ ।

सोमबार २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।