नेप्से परिसूचक ३२ अंकले घट्यो


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक नेप्से परिसूचक घटेको छ । नेप्से ३२.२९ अंकले घटेर २७३३.१४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये १ वटा उपसमुह हरियो भएको छ भने १२ ओटा उपसमुह राताम्ये बनेका छन् ।

आज नेप्सेमा कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज मानुषी लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य क्रमश १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आइसिएफसी फाइनान्स, एनआईबिएल प्रगती फण्ड र नारायाणी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ५.८४, ५.२५ र ५.१६ प्रतिशतले घटेको छ ।

मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।