काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाका एकल ग्राहक सीमा बढाएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताहरुले २० करोड रुपैयाँ कायम गरेको छ ।
मार्जिन प्रकृतिको कर्जाको सीमा बढाउनको लागि अर्थमन्त्रीले पनि दबाब दिँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्