राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनमा सीमा नलाग्ने


काठमाडौँ । राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनमा सीमा नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै क वर्ग र ख वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलन सम्बन्धी कुनै सीमा नलाग्ने उल्लेख गरेको छ ।

यसभन्दा अगाडी वाणिज्य बैंकहरुलाई मात्र निक्षेप संकलनमा कुनै पनि सीमा रहेको थिएन ।