कालिका लघुवित्तले गर्‍यो लाभांश घोषणा बोनस सेयर कति ?


काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट संस्थाले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

संस्थाको हिजो मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।