ग्लोबल आइएमई बैंकका ग्राहकलाई दशैंमा विभिन्न डिजिटल कारोबारहरुमा छुटैछुट


काठमाडौँ । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पिओस मेसिनबाट भुक्तानी गर्दा ३०० रुपैयाँ देखी ५०० रुपैयाँसम्मको नगद फिर्ता हुने जनाइएको छ ।

बैंकका अनुसार नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गर्नुभएमा ३०० रुपैयाँ तथा ५ वा सोभन्दा बढि पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५०० रुपैयाँको नगद फिर्ताबाट हुनेछ । यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा दशैं प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउने उल्लेख गरेको छ । यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कातिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।