डलर, युरो र पाउण्डमा गिरावट, यस्तो छ आजको विनिमय दर


काठमाडौँ । आज डलरको भाउ घटेको छ ।

हिजो खरिददर १३२.८२ रहेको डलर आज घटेर १३२.८० रुपैयाँ भएको छ । त्यस्तै हिजो बिक्रीदर १३३.४२ रहेको डलर आज १३३.४० रहेको छ ।

युरो भने बढेको छ । आज युरो नेपाली १ रुपैयाँको १४०.४१ .खरिददर रहेको छ भने बिक्रीदर १४१.०४ रहेको छ हिजो युरो खरिददर १४१.२३ थियो भने बिक्रीदर १४१.८७ रहेको थियो ।

युके पाउण्ड स्ट्रलिङ पनि आज घटेको छ । हिजो १६२.४१ खरिददर रहेको पाउण्ड आज घटेर १६०.९७ मा झरेको छ भने हिजो १६३.१६ रहेको बिक्रीदर आज घटेर १६१.६९ रुपैयाँ भएको छ ।

साउदी अरबियन रियालमा भने सामान्य घटबढ भएको छ । हिजो ३५.४१ रुपैयाँ खरिददर रहेको साउदी रियाल आज ३५.४० रहेको छ भने हिजो ३५.५७ रहेको बिक्रीदर आज ३५.५६ रुपैयाँ रहेको छ ।