नेप्से भारी अंकले बढ्दा हिमालय डिस्टिलरीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार आज नेप्से भारी अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक आज ५६.७३ अंकले बढेर २४१५.५५ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ११.३४ अंकले बढेर ४६२.५२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर बढेको छ ।

मंगलबार कारोबारका आधारमा आज हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड ५८ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.८९ प्रतिशतले घटेरको छ ।

कूल २२६ वटा कम्पनीको ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।