काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै झण्डै १ करोड रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका ५ स्थायी ठेगाना भइ हाल काठमाडौँको नागार्जुन नगरपालिका १ रानीबन बस्ने रितु राई र बर्दियाको पाताभार गाउँपालिका १ स्थायी ठेगाना भइ नागार्जुन १ रानी बन नै बस्ने निरेश चौधरी पक्राउ परेका हुन् ।
आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि जगन्नाथ देवल थुनामा रहेका सुर्खेतका रेवन्त खड्का छुटाउने भन्दै ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।
राई र चौधरीले रेवन्तको बुवा अम्बरबहादुर खड्काबाट पटक पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएर ठगी गरेको आरोप लागेको छ ।
रेवन्तलाई आपराधिक विश्वासघात र संगठित अपरोधमा समेतको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो । पक्राउ पछि जिल्ला अदालत काठमाडौँको आदेशबाट उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
प्रतिक्रिया दिनुहोस्