जाडोमा सवारीसाधन चलाउँदा यी कुरामा ध्यान दिनुस्, दुर्घटना हुनबाट कसरी जोगिने ?


काठमाडौँ । पछिल्लाे समय देशभर चिसो बढ्दै गइरहेकाे छ । चिसाे बढेसगैँ कुहिरो लाग्ने कारण भिजिबिलिटी (दृश्यता) मा समस्या भोग्नु पर्ने अवस्था आएकाे छ । भिजिबिलिटी (दृश्यता) मा समस्या नजिकै भएकाे वस्तु तथा सडक नदेख्दा सवारी साधन दुर्घटना हुने गरेकाे छ । हामीले घरबाट बाहिर निस्कँदा विशेष गरी यस्ताे अवस्थामा सावधानी अपनाउनु पर्ने आवश्यक हुन्छ ।

जाडो मौसममा सवारी चलाउनु एक किसिम्मले चुनौतीको कुरा हो । चिसो मौसमका कारण हातखुट्टा कठ्याङ्ग्रिने हुनाले चालकले निकै सास्ती व्यहोर्नु परेको हुन्छ । अत्यधिक चिसोका कारण सवारीसाधन नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने जाेखिम बढ्छ ।

यस्तो अवस्थामा सावधानीपूर्वक सवारी चलाउनु जरुरी हुन्छ। त्यसैले सवारी साधन चलाउँदा स-साना कुराहरूमा ध्यान दियाैँ भने दुर्घटबाट बच्न सकिन्छ। यहाँ कुहिरोमा गाडी चलाउँदा चालकले ध्यान दिनुपर्ने कुराबारे उल्लेख गरिएको छ।

हेडलाइटमा ध्यान: यदि तपाईं कुहिरोमा बाइक वा कारमा घरबाट निस्कँदै हुनुहुन्छ भने, आफ्नो गाडीको हेडलाइट माथिल्लो मोडमा राख्नुहोस् ।

गति सिमितः कुहिरोमा गाडी चलाउँदा, सवारीको गति ४० किलोमिटर प्रतिघण्टा बढी हुनु हुँदैन । किनभने, तीव्र गतिमा सवारी साधन रोक्न गाह्रो हुने भएकाले दुर्घटना हुने सम्भावना अत्याधिक हुने गर्छ ।

बत्तीमा ध्यानः घरबाट बाहिर निस्कँदा कार र बाइकको सबै बत्ती राम्ररी बलेको छ वा छैन भनि जाँच गर्नु आवश्यक हुन्छ । विशेष गरी बाइक चलाउँदा ब्रेक लाइट र इन्डिकेटरको प्रयोग गर्दा दुर्घटना हुने सम्भावना कम हुन्छ ।

पार्किङ बत्तीः कुहिरोमा कार वा बाइक चलाउँदा, पार्किङ बत्ती बाेल्नुपर्छ । यसले अगाडि वा पछाडिबाट आउने सवारी साधनका चालकलाई आफ्नो गाडी हेर्न सजिलो बनाउँछ ।

समयमा नै काममा जाने: यदि तपाईं बिहान सबेरै अफिस, पसल वा अन्य काममा जाँदै हुनुहुन्छ भने यसको लागि समयको व्यवस्थापन महत्त्वपूर्ण छ । यदि तपाईं चाँडै घरबाट निस्कनुभयो भने तपाईंले हतारमा गाडी चलाउन पर्ने छैन । यसले दुर्घटनाको जोखिम कम गर्छ ।

लेनबारे जानकारी आवश्यकः कुहिरोको समयमा बाइपास, सुपर करिडोर वा राष्ट्रिय राजमार्गमा सवारी चलाउँदा लेन प्रणालीबारे सचेत हुन जरुरी छ । तीन लेनको बाटोमा सवारी चलाउँदै हुनुहुन्छ भने कुन लेनमा कुन सवारी साधन चलाउने भन्ने थाहा हुनुपर्छ ।

अन्य ध्यान दिनुपर्ने विषय: यदि कुहिरोको समयमा कारमा यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु जरुरी छ । यस समयमा हामीले हतारमा सवारी चलाउनबाट जोगिनु पर्छ । हेडलाइटहरू सधैं माथिल्लो भागमा हुनुपर्छ । यदि ओभरटेक गर्दै हुनुहुन्छ भने माथिल्लो मोड प्रयोग गर्नुहोस् ।

यदि तपाईं अगाडिबाट कुनै गाडीलाई क्रस गर्दै हुनुहुन्छ भने, तपाईंको हेडलाइटहरू डुबाउनुहोस् । यसबाहेक राजमार्गमा यात्रा गर्दा लेन प्रणालीलाई पालना गर्नुपर्छ ।

कारमा बस्दा सधैं सिट बेल्ट लगाउनुपर्छ, जसले गर्दा पावर ब्रेक लगाउन सजिलो हुन्छ । विज्ञहरू भन्छन् कि यदि तपाई बाइकबाट जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिले हेल्मेट र पञ्जा लगाउनुपर्छ । ठूला सवारीसाधनलाई ओभरटेक गर्नबाट बच्नुहोस्। यसबाहेक, पालो लिँदा संकेतकहरू प्रयोग गर्नुपर्छ ।