काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरनीलाई ६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ६.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताल पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्