पत्रकारलाई मेरो अनुरोध छ, महिनाभरि अरु जे जे लेखे पनि कम्तीमा दुई तीन वटा लेख देशका लागि लेखिदिनु प-यो। राजनीतिक, अपराध, आर्थिक जुन क्षेत्रमा लेख्ने पत्रकार भए पनि कम्तीमा महिनामा खाना र देशको पर्यटनको बारेमा लेख्नैपर्छ। यसले कहीँ न कहीँ देशको प्रचार प्रसार हुन्छ। सकारात्मक सन्देश प्रवाह हुन्छ।
ब्रान्ड सेफ सन्तोष
मेरो जन्म सिरहाको कर्जन्हामा भएको हो, जहाँ सेवासुविधा सीमित थिए । म एकदमै साधारण परिवारबाट आएको हुँ । अधिकांश नेपालीले जुन बाल्यकाल बिताएँ, मैले पनि त्यही जीवन बिताएँ । परिवारको सात जना सन्तानमध्ये म कान्छो हुँ । म पाँच वर्षको हुँदा मेरो बुबा बित्नुभयो । म ८/१० वर्षको उमेरको हुँदा नै काम गर्न बाध्य थिएँ । बारीका तरकारी, फलफूलदेखि पाउरोटीसमेत बेच्न जान्थेँ । कर्जन्हा स्कुलमा म मध्यमस्तरको विद्यार्थी भए पनि मेरो अध्ययन पूरा गर्न पाइन । म बजारमा पाउरोटी बेच्न बस्दा कतिपय साथीहरू लाज मानेर तर्किन्थे, कसैले केही बढी पैसा दिन्थे । एसएलसीसमेत फेल भएपछि म कामकोे खोजीमा भारत लागेँ । फेल भएपछि अर्को वर्ष परीक्षाको लागि अर्को वर्ष प्रतिक्षा गर्ने धैर्यता थिएन, अनि म भारततिर लागेँ । गाउँबाट धेरै जना कामका खोजीमा भारत जान्थे, म पनि गएँ ।
अहमावादको एउटा पाँचतारे होटलमा भाँडा माझ्ने काम गरेँ, ९०० रुपैयाँ भारु थियो तलब । म आफू पनि सेफ बन्न चाहन्थेँ, मैले यो कुरा एक्जुकेटिभ सेफलाई राखेँ । उनले स्वीकृति दिएपछि तन्दुरी बनाउने काम थालेँ । पछि अर्को होटलमा सरेँ ।
चेन्नइमा काम गर्दागर्र्दै होटल व्यवस्थापन कोर्स लिन सुरू गरे, सँगसँगै अंग्रेजी र कम्प्युटर सिकेँ, आईएससीएफ पनि त्यही समयमा गरेको थिएँ । पर्सनालिटी डेभलभमेन्ट कोर्स पनि सँगै गरेँ, लुगा कसरी लगाउने, खाने कसरी जस्ता कुराहरू त्यहाँ सिकँे । म भारतमा हुँदा अंग्रेजी भाषा सिक्न थालेँ, एकै दिनमा फरक–फरक ठाउँमा गरेर तीनवटासम्म अंग्रेजी भाषा कक्षामा पढ्थें । यसो गर्दा समय पनि कम लाग्यो, छिटो सिकियो । उमेरका हकले म अहिले ३५ वर्षको मात्र भएँ, तर जीवनका फरक–फरक कालखण्डमा मैले लिएको अनुभवको समय हेर्दा त कर्जन्हाको एउटा सामान्य केटा सन्तोष साह, मास्टर सेफ सन्तोष बन्नका लागि ५० वर्ष लागेको हुनसक्छ, तर यो वास्तविकता भने होइन । सन्तोष साह बन्नलाई कोही पाँच सालमा पनि बन्न सक्छ । मास्टर सेफ जित्ने केटा २४ वर्षका छन् । उसको जति उमेर छ त्यो भन्दा बढी मेरो अनुभव छ । कोही व्यक्ति बन्नका लागि कति समय लाग्ने भन्ने कुरा आफूमा निर्भर हुँदो रहेछ ।
मुलुकको ब्रान्डिङ
हरेक मुलुकको नागरिकको सोच देशलाई ब्रान्डिङ गर्नुपर्छ भन्ने हुन्छ । सबैलाई देशको सेवा गर्ने मन हुन्छ । जो जहाँ जन्मन्छ, देशको मायाँ हुन्छ । सबै व्यक्ति देशभक्त हुन्छ । हामी नेपालीलाई कहीँ पनि पुगेमा नेपालको माया हुन्छ । देशको माया मलाई लाग्न पहिले आफ्नो लागि सोच्नु पर्छ । देशलाई मात्र सोचेर हुँदैन । माओवादी जनयुद्ध कालमा मारिएका १७ हजार पनि सबै देशभक्त थिए । कोही पनि व्यक्तिभक्त थिएनन् । खाली जनयुद्धमा लाग्न प्रेरित भने गरिएको थियो । ती माओवादी लडाकुहरूले पहिले आफूलाई सोचेको भए मर्ने थिएनन् । कसैले मरेर देशको सेवा गर्ने सोचे, कतिले जिउँदो भएर सोच्छन् ।
म पहिले आफू सक्षम सेफ बनौं भन्नेमा लागेँ । सफलता हासिल गरौं अनि देशका लागि केही गरौं । प्लेनमा चढ्दा पनि भन्छ– ‘फस्ट यु पुट योर मास्क ।’ आपतकालीन् समयमा हुनुहुन्छ भने आफू सुरक्षित रहनु्होस् र अरुलाई सोच्नुहोस् । परिवारमा पनि पहिलो आफूले मास्क लगाउनुहोस् अनि बच्चाबच्चीलाई लगाइदिनुहोस् । तपाईं सही हुनुहुन्छ भने परिवार बनाउनु हुन्छ । परिवार बनायो भने गाउँ बनाउनु हुन्छ । गाउँ बनायो भने जिल्ला बनाउनु हुन्छ । जिल्ला बनायो भने देश बनाउनु हुन्छ । पहिले आफै बाट सुरु गर्नुपर्छ । म आफैलाई हेर्छु । घरमै बसेर मात्र देशभक्त बन्छु भनेर सोचेको मात्र भए के हुन्थ्यो । पैसा छैन, रातभरी सोचेर बसेर त आउँदैन ।
आफ्नो आवश्यकता पु¥याउन मोटरसाइकल किन्न सकिंदैन, चोर्ने सोच आउन सक्छ । यदि मसँग घर, कार, बाइक सबै छ भने किन चोरी गर्ने सोच आउँछ ? कतिबाट आफ्नै लागि गर्नु भएको छ भने देशभक्तिको काम नै गरिरहनु भएको छ । कम्तीमा बेरोजगार भएर चोर्ने काम वा चोर्ने सोच त गरिरहनु भएको छैन । तर आफूलाई गर्दा अरुलाई हानी भने गर्नु हुँदैन । अरुलाई गाली गरेर हैन आफूले नै गर्ने हो ।
मैले जति पनि पनि गरिरहको थिएँ आफ्नै लागि थियो । मैले नेपाली रेष्टुरेन्ट खोलें भने आफैलाई सजिलो हुन्छ । सेवाग्राही ल्याउन सहज हुन्छ । पैसा बच्ला । प्रचार प्रसार बढी होला भन्ने विचार आयो । अहिले नै हेर्नुस्, मैले काठमाडौंमा एउटा रेष्टुरेन्ट स्थापना गरें भने दुई मिनेटमै हल्लाखल्ला भइसक्छ । पहिला मैले खोलेको भए, मिडिया, पीआर, विज्ञापन पैसा फालेर प्रचार गर्दा पनि यति हल्ला हुँदैनथ्यो । पहिले आफ्नो रेष्टुरेन्टलाई सोंचे, आफ्नो पीआर, फुडलाई सोंचे । अहिले सबैको लागि भएको छ । अहिले नेपाली फुडलाई, नेपाली सेफलाई, युवा पुस्ताका लागि यसले प्रेरणाको काम भइरहेको छ । आफूलाई सोचेर गर्दा सबैलाई भइरहेको छ । पहिला आफू बन्नुहोस्, अरुलाई बनाउनै पर्दैन । म गुलाफको फूल बन्ने हो, सबै बास्नाबाट प्रेरित हुन्छ । मैले पहिले आफूलाई बनाउँदा देशलाई फाइदा भइरहेको छ ।
नेपाल चिनाउने बाटो
प्रतिस्पर्धामा जहिले पनि आफूलाई नाप्न गइरहेको हुन्छु । म आफूलाई ‘इनोभेटिभ सेफ’ पनि भन्न चाहन्छु । बन्ने कोसिस पनि गरिरहेको हुन्छु । लण्डनमा यही नामले परिचित पनि छु । मास्टर सेफमा जानको लागि पाँच सालदेखि तयारी गरिरहेको थिएँ । मलाई नेपाली फुडको अवधारणा आयो । सबैभन्दा पहिले नेपाली फुडको ब्रान्डिङका लागि इनोभेसनमा काम गरें । मास्टरसेफमा जित्न हार्नु स्वभाविक हुन्छ । मलाई त नेपाली फुडलाई चिनाउनु थियो । सु्रुमै भनेको थिएँ म सेमिफाइनलसम्म पुग्दिए पनि मेरो जित हो । रनरअप भएँ, देश चिन्यो, नेपाली खाद्यले चिन्यो ।
जे हामीसँग छ त्यही ब्रान्डिङ गर्ने हो । प्राकृतिक कुरा नै गर्नुपर्छ । हामी जे छौं, त्यसैलाई चिनाउने हो । हाम्रो पहिचान कृषिप्रधान देश थियो, अहिले पर्यटन प्रधान देश हो । म विश्वमा धेरै मुलुक घुमे । हालसम्म करिब ७० देशमा घुमे हुँला । म खानाको क्रममै घुम्छु । भेटघाट पनि हुन्छ । विदेशीहरू नेपालबाट आएको भन्दा छक्क पर्छन् । नाम सुनेकाले घुम्न जान मन छ भन्छन् । धेरैले घुम्न चाहने मुलुकको सूचीमा थाइल्यान्ड, कम्बोडिया र नेपाल राखेको पाएको छु । कसैको एक नम्बरमा होला, कसैको तीन नम्बरमा होला । तर विश्वभरि नै नेपाल घुम्न चाहने मुलुकमा पर्छ ।
हामी पर्यटन प्रवद्र्धनका काम गर्न सक्छौं । भिजिट नेपाल क्याम्पेन गरेर बसेका छौं हामी । मलाई लाग्छ यो गर्न जरुरी छैन । गुलाबको फूल बन्नुहोस् न, बासनाले सबै तानिन्छ । पहिले यहींबाट सुरु गर्नुपर्यो । कहीँ बाटो छैन, कहीँ खाने बस्ने ठाउँको समस्या छ । घुम्नेमध्ये आधा मान्छे ‘फुड प्वाइजन’ भएर गएको हुन्छ । त्यसले दश ठाउँमा गएर भनेको हुन्छ । फुडमा सन्तोष सेफको खाना लगाउनुपर्छ पनि भन्न थाल्नु भएको छ । यसो गर्नु पर्दैन । किन गर्नुप¥यो ? पहिले नै पर्यटक नेपालको खानासँग डराइरहेको छ । उसलाई नडराउने वातावरण बनाउनु पर्छ । मानौं हामी श्रीलंका जाना थाल्यौं भने, हामी त्यहाँ मःम खोज्दैनौं नि । यसैगरी विदेशीहरूले पनि त्यस्तै सोचेको हुन्छ नेपाल आउँदा ।
विदेशीहरू नेपाल पिज्जा, वर्गर खानलाई आउँदैनन् । इटलीको मान्छेलाई हामी पिज्जा, पास्ता खुवाइरहेका छौं । उसले जबरस्ती खुवाइरहेका छौं । यहाँको आफ्नो मौलिक खाना खुवाउनु पर्छ । नेपाल पर्यटन बोर्डले नेपाली खाना अलिक सस्तो, स्वस्थ बनाउने कार्यक्रम ल्याउनुपर्छ । खानामा मात्र हामीले राम्रो ग¥यौं भने हाम्रो मुलुक बन्छ । यसै पनि नेपालमा अधिकांस अग्र्यानिक नै छ । जो पनि आउँछ मःम खान्छ । जब मःम खुवाइन्छ भने टमाटरको चटनी दिनुप¥यो । चटनीमा टमाटर, टिमुर जान्छ । पोल्नु प¥यो, आगो, दाउरा खर्च हुन्छ । यसको उपभोग बढ्नु भनेको किसानलाई जानु हो । खाना हरेक दिन हरेकलाई चाहिन्छ । नेपाललाई फुडबाट ब्रान्डिङ गर्नुपर्छ । हाम्रो देश सुन्दर छ । हिमाल, पहाड, तराइ मिलेको । नेचुरल, ब्युटिफुल देशको रुपमा चिनाउनु पर्छ । बन्जी, पारा ग्लाइडिङ, र्याफ्टिङ, ट्ेकिङ छ । एउटै प्याकेजमा दिन सक्यौं भने निकै राम्रो गर्नुपर्छ ।
आतिथ्य सत्कार सेवामा सुधार
नेपालमा कुनै पनि फाइभ स्टार होटलमा अनिवार्य रुपमा एउटा नेपाली रेष्टुरेन्ट हुनैपर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ । ठूलो होस् वा सानो होस्, नेपाली खानको रेष्टुरेन्ट हुनैपर्छ । नेपाल सरकारले यसका लागि बाध्यात्मक व्यवस्था गर्नुपर्छ । हरेक तारे होटलमा अन्य मुलुकका खाना प्रवद्र्धन गर्ने सात वटा रेष्टुरेन्ट हुन्छ भने एउटा कम गरेर नेपाली रेष्टुरेन्ट हुन सक्दैन? हुन सक्छ र हुनुपर्छ । नेपाल आउने कुनचाहिँ पर्यटकलाई एक दिन नेपाली खाना खाउँ भन्ने मन हुँदैन होला ? यति पुरा गरेमा मात्र फाइभ स्टारको मान्यता पाउछ, होइन भने पाउँदैन भनेर सरकारले नियम बनाइदेओस् ।
सरकारले यसका लागि मिडियासँग पनि समन्वय गरेर मिडियाको साथ लिएर अगाडि बढ्नु पर्छ । सकारात्मक सन्देश दिने जिम्मेबारी मिडियाको पनि हो । कम्तीमा मिडियाले मुलुकको राम्रो कुरा देखाउनु पर्छ । पत्रकारलाई मेरो अनुरोध छ, महिनाभरि अरु जे जे लेखे पनि कम्तीमा दुई तीन वटा लेख देशका लागि लेखिदिनु प¥यो । राजनीतिक, अपराध, आर्थिक जुन क्षेत्रमा लेख्ने पत्रकार भए पनि कम्तीमा महिनामा खाना र देशको पर्यटनको बारेमा लेख्नैपर्छ । यसले कहीँ न कहीँ देशको प्रचार प्रसार हुन्छ । सकारात्मक सन्देश प्रवाह हुन्छ । यसो हुँदा लुकेको खाना, कलाहरू बाहिर आउँछ । देशको विकासलाई यसले टेवा पु¥याउछ ।
होटल–रेष्टुरेन्टमा सफाइ कार्ड
एउटा स्मरणीय कुरा यहाँ बाँड्न चाहन्छु, सिरहासहित केही जिल्लामा ‘ट्वाइलेट कार्ड’को व्यवस्था गरिएको थियो । यदि कुनै व्यक्तिको घरमा शौचालय छैन भने उसले गाविसबाट कुनै पनि किसिमको सिफारिस नै पाउन सक्दैन थियो । शौचालय भए नभएको प्रमाणित गरेको कार्ड नै ‘ट्वाइलेट कार्ड’ हो । यसले मानिसहरूको बानीव्यवहार परिवर्तनमा निकै ठूलो भूमिका निर्वाह ग¥यो ।
यस्तै व्यवस्था होटल तथा रेष्टुरेन्टमा पनि हुनुपर्छ । बेलायत÷लन्डनको उदाहरण लिने हो भने रेष्टुराँ सञ्चालनको लामो प्रक्रिया पूरा गर्नुपर्छ । यदि फूड इन्स्पेक्टरले स्वच्छतामा कुनै सम्झौता गरेको भेटे रेष्टुरेन्ट बन्दसमेत गराइ दिनसक्छ ।
नेपालमा खाद्य स्वच्छता (फूड एन्ड हाइजिन)का विषयमा कमै ध्यान दिइएको पाइन्छ । यही नै मुख्य समस्या बनेको छ । खाद्य विभागले नेपालमा ‘सफाइ कार्ड’को व्यवस्था गर्नुपर्छ । नेपालमा खाद्य गुणस्तर विभाग छ, विभागमा फूड इन्स्पेक्टरको व्यवस्था पनि छ, तर त्यसको कार्यान्वयन पक्ष कमजोर छ । खाद्य स्वच्छताका लागि सबै हस्पिटालिटी शिक्षाको कोर्षमै सफाइका बारेमा पढाउनु पर्छ । होटल, रेष्टुँरा चलाउनेले त्यो मापदण्ड पूरा गरे नगरेको परीक्षण गरेर ‘सफाइ कार्ड’ दिने, त्यसमा अभिलेखित गर्ने व्यवस्था बनाएर लागू गर्नुपर्छ । यो नेपाली खानाको ब्रान्डिङ र प्रवद्र्धनसँगैको अति महत्वपूर्ण कुरा हो ।
युवा जनशक्तिलाई उत्प्रेरित गर्ने र किसानलाई सहयोग गर्ने नीति लिइनुपर्छ । युवा जनशक्तिका लागि र होमको लागि केन्द्रित गरेको छु । हामीले नयाँ नयाँ काम गर्नुपर्छ । कोदोको ढिंडो हामीले खाँदै आएका छौं । कोदोको अन्य परिकार बनाउन सक्छौं । मैले दालमा हाल्ने जिम्बुलाई पाउडरका रुपमा मास्टर सेफमा उपयोग गरें । म जे गर्छु, मुलुककै ब्रान्डिङका लागि गर्छु । युवा पुस्तालाई उत्प्रेरित गर्ने काम गर्छु ।
प्रतिक्रिया दिनुहोस्