काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार तोलाको एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा १३०० रुपैयाँ बढेर तोलाको एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २१ हजार ४०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार १४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार तोलामा १५ रुपैयाँ बढेर तोलाको १४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्