मन्त्रिपरिषद्को निर्णयसँगै ट्रान्सफ्याट नियमनको बाटो खुल्यो


काठमाडौँ। शरीरमा खराब खालको कोलेस्ट्रोलको मात्र बढाउने र आवश्यक पर्ने कोलेस्ट्रोल घटाउने पदार्थ ट्रान्सफ्याटको नियमनको लागि बाटो खुलेको छ।

मन्त्रिपरिषद्को बिहीबार (पुस १२ गते) बसेको वैठकले ट्रान्सफ्याट नियमनका लागि नीति नियम बनाउने निर्णय गरेपछि नियमनको बाटो खुलेको हो।

ट्रान्सफ्याट वा ट्रान्सफ्याटी एसिड भनेको खाद्य पदार्थमा पाइने तर मानव स्वास्थ्यका लागि नकारात्मक असर गर्ने पदार्थ हो । जसका कारण मानिसमा निकै गम्भीर खालका स्वास्थ्य समस्या बेहोर्नु पर्ने अवस्था पनि आउन सक्छ । 

खाद्य पदार्थमा असुरक्षित रूपमा ट्रान्सफ्याटको प्रयोग गर्दा कम उमेरमा हृदयघात हुनेजस्ता समस्यादेखि किड्नीको बिरामी हुनुका साथै मोटोपनको पनि बढ्ने समस्याको जोखिम बढिरहको सन्दर्भमा सरकारले यस सम्बन्धि नियमनमा तदारूकता देखाएको हो।

विश्वका मुलुकहरूले ट्रान्सफ्याट सम्बन्धि मापदण्ड बनाएर लागू गरिरहे पनि नेपालमा नीतिगत समस्याले स्पष्ट मापदण्ड बन्न सकेको थिएन। “मन्त्रिपरिषदको वैठकले ट्रान्सफ्याट नियमनको लागि मार्गप्रसस्त गरेको छ, अब छिटै नै यसको मापदण्ड बनाएर लागू गर्न पहल अगाडि बढ्छ,” खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा। मतिना वैद्य जोशीले भनिनन्।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान लगायतका खाद्य र स्वास्थ्यसँग सम्बन्धित संघसंस्था तथा निकायहरूले ट्रान्सफ्याट नियमन गर्न नीति तथा कानुन बनाउन सरकारसँग माग गर्दै आएका थिए।

ट्रान्सफ्याटसँग सम्बन्धित सामग्रीः