काठमाडौं । कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शर्नी गर्न लागेको मिडिया स्पेस सोलुसन प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
कृषि तथा पशुपंक्षी विकासमन्त्रि डा.वेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । उनले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टलसहित स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने बताए ।
अहिलेसम्म यस्तो प्रदर्शनी भरतपुर चितवनमा गरेको भएपनि यस वर्ष कृषि क्षेत्रमा काम गर्ने सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउन काठमाडौंमा आयोजना गरिएको बताए । । उनले देशभरका किसानहरुलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौंमा आयोजना गरिएको बताए । उनले भने
‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनीको आयोजना गर्नु भनेको देशका विभिन्न क्षेत्रबाट आउने किसानहरु नविन प्रविधिको बारेमा जानकारी दिनु हो , प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
मेलामा देशभरबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुका बारेमा जानकारी दिने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्