आईपीओ निष्काशन गर्दै नेपाल पेमेन्ट सोल्युशन


काठमाडौँ। नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित दरको ३ लाख ५६ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ ।

आईपीओ निष्काशन गर्ने सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।