लक्ष्मी लघुवित्तको खुद नाफा २ करोड १५ लाख रुपैयाँ


काठमाडौं । चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो ।

कम्पनीको खुद ब्याज आम्दानी भने १२. ०२ प्रतिशतले टेर १७ करोड ८९ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको कम्पनीले यस वर्ष समिक्षा अवधिमा कम्पनी सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुर्‍याएको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको निष्कृय कर्जा÷खराब कर्जा भने बढेको छ । संस्थाको खराब कर्जा ५.७२ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ भने खराब कर्जा ९.६३ प्रतिशत रहेको छ ।