काठमाडौँ । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ ।
२०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो । सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराधहरू भएको छन् ।
दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार ११७ अपराधहरू भएको तथ्यांक छ । गृह राज्यमन्त्री अजयकुमार मिश्रले संसदमा संघीय सरकारले मुलुकमा हुने सबै प्रकारका साइबर अपराधलाई समन्वित र वृहत रूपमा व्यवस्थापन गर्न विभिन्न पहल गरेको बताए ।
उनले साइबर अपराध नियन्त्रणका लागि संघीय सरकारले हालसम्म ३ लाख २० हजारभन्दा बढी सिमकार्ड र ४९ हजार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) ब्लक गरेको बताए । संघीय सरकारले पनि साइबर अपराधबारे सचेतना फैलाउन पहल गरेको मन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्