‘इन्फोटेक’ले नवीनतम प्रविधिको प्रवर्द्धन गर्दै आएको छः क्यान अध्यक्ष पोदार [अन्तर्वार्ता]


यस वर्षको ‘क्यान इन्फोटेक २०२४’ माघ २५ गतेदेखि काठमाडौँमा सुरू भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) काे आयाेजनामा माघ २५ देखि भाेलि (माघ २९) गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला सुरू भएकाे हाे ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएकाे हाे । १५० भन्दा बढी स्टल रहेकाे मेलाबारे यस क्षेत्रका समस्या र मेलाका आर्कषककाे विषयमा केन्द्रीत रहेर टक्सारले क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारसँग गरिएको संक्षिप्त कुराकानी: 

आर्थिक मन्दीका कारण हरेक क्षेत्र निरुत्साहित भएको बेलामा आयोजना गरिएको ‘क्यान इन्फोटेक २०२४’ को मुख्य आर्कषण के के छन् ?

हरेक क्षेत्रमा आर्थिक मन्दी छाएको समयमा माघ २५ गतेदेखि सुरू गरिएको क्यान इन्फोटेक २०२४ मा अवलोकनकर्ताहरूको भीड उत्साहजनक देखिएको छ । वार्षिक रूपमा आयोजना हुने यो मेलामा आर्थिक मन्दीका बाबजुद पनि अवलोकनकर्ताहरूको भीड यति धेरै हुनु आफैंमा हर्षकाे विषय हो । आजकाे दिनसम्म आउँदा सूचना प्रविधि क्षेत्रले कत्तिको फड्को मारेको छ भन्ने लगायतका विषयमा जानकारी लिनको लागि यस्तो खालको मेला हरेक वर्ष गर्दै आएका छौँ ।

समय अनुसार विभिन्न समस्याहरू आउँछन् तर पनि क्यान महासंघलाई आजको दिनमा साथ दिएर विभिन्न कम्पनीहरूले स्टल थाप्नु महासंघको लागि हर्षको विषय हो । उसो त सूचना प्रविधि भनेको आज किनी हाल्नु पर्छ भन्ने छैन । भोलि किने पनि पर्सी किने पनि त्यो प्रविधिको जानकारी लिएर पछी किने पनि हुन्छ । तर हाम्रो मुख्य उद्देश्य भनेको यो क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको बारेमा आम नागरिकलाई जानकारी दिनु हो ।

विश्वले प्रविधि क्षेत्रको प्रयोग गरेर आर्थिक पाटाेलाई मजबुत बनाएकाे बेला नेपाल प्रविधि क्षेत्रमा कहाँ चुकेको छ ?

नेपालको सन्दर्भमा सूचना प्रविधि क्षेत्र सबैभन्दा छिटो र बढी फड्को मारेको क्षेत्र हो । विस्तारै सरकारले पनि नीतिगत कुरामा सहजता बनाएकाे अवस्था छ । त्यो कुरा हुँदा हुँदै पनि आजको दिनमा यदि हामीले देशमा भएका सफ्टवयेर उद्योगलाई एउटा ठूलो उद्योगको रूपमा स्थापना गरेर जाने हो भने हाम्रो अर्थतन्त्र विश्वका अन्य देशकाे अर्थतन्त्रसँग तुलना गर्ने हुने थियाे । यदि सरकार र निजी क्षेत्र दुबैबिच सम्वन्य गरेर अघि बढ्ने हाे भने हामीले सफ्टवयेरहरू आयात गर्नु पर्ने थिएन भने उल्टो निर्यातको बाटोमा जाने थियौँ । तर आजको दिनमा हामीले आयात गरेको अवस्था छ । यदि हामीले त्यस्ता सफ्टवेयर निर्यात गर्न सक्यौ भने हाम्रो अर्थतन्त्र बलियो हुने थियो । यस क्षेत्रका युवा जनशक्तिहरूले देशमा नै रोजगारी पाउने थिए भने हाम्राे प्रविधि क्षेत्र समेत बलियाे हुने थियो ।

यस पटकको ‘क्यान इन्फोटेक २०२४’ पहिला र अहिलेको तुलनामा के फरक छ ?

हरेक वर्ष आयोजना गरिने इन्फोटेक नयाँ नै हुन्छ । किनभने दुई वा तीन महिनामा नै प्रविधिले फड्को मार्ने गर्छ । हरेक वर्ष हुने मेलाले आम नागरिकलाई नयाँ प्रविधिसँग साक्षतकार गर्छ । मेलामा प्रविधिहरू हेर्दा उस्तै भएपनि त्यहाँ भित्रका हाडवेयर, सफ्टवयेर परिवर्तन भएका हुन्छन् । त्यो भन्दा पनि यस वर्षको मुख्य आर्कषकको रूप मा कान्छी रोबट रहन पुग्याे । जुन नेपालमा नै बनाएको हो जोसँग हामीले कुराकानी गर्न मिल्छ । त्यस्तै मेलामा ‘कता हो’ भन्ने एप्स सार्वजनिक भएको छ ।

आज चौथो दिनसम्म आउँदा मेलामा कति वटा स्टल रहन पुगे र कतिको कारोबार भयाे । कति अवलोकनकर्ताहरुले अवलोकन गरे ?
मेलामा १५० वटा स्टल रहेका छन् भने पाँच दिनसम्म चार लाखको हाराहारीमा अवलोकनकर्ताहरू आउने अपेक्षा गरिएको छ । त्यस्तै कारोबारको भने हामीलाई थाहा हुदैँन किनभने मेलामा व्यापार भन्दा पनि समान र कम्पनीकाे ब्रान्डिङ गर्नु मूल उद्देश्य रहेकाे छ ।

क्यानको स्थापनाकालदेखि यहाँसम्म आउँदा संस्थाको विस्तार कस्तो रूपमा भएको छ ?

विस्तारको कुरा गर्ने हो भने सन् १९९२ मा संस्थाको स्थापना भएको हो । पहिलाे पटक सन् १९९५ मा ब्लुबड होटल देखि क्यान इन्फोटेक सुरूवात गरिएकाे थियाे । त्यो बेला जम्मा तीनदिनको मेला गर्दा ५ हजार ५ सय जना अवलोकनकर्ताहरूको उपस्थित रहेको थियो । त्यसपछि बीआईसीसी हलसम्म पुर्याउदा मान्छे थाम्न नसक्ने अवस्था हुन्थ्यो । त्यस्तै सन् २०१५ मा आएर क्यान महासंघमा परिवर्तन भयो र आजको दिनमा काठमाडाैँमा जन्मिएको संस्था देशका ७४ ओटा जिल्लामा यसको शाखाहरू विस्तार भएको छ भने सात ओटा प्रदेशमा पुगेको छ । अर्को हामीले प्रदेश तहमा पनि इन्फोटेक गर्दै आएका छौँ । जस्तै हामीले कोशी प्रदेशमा फाल्गुन १० गतेदेखि मेला गर्दै छौँ । जिल्ला, प्रदेशमा पनि नयाँ नयाँ प्रविधिसँग जानकार हुनुपर्छ भन्ने हेतुले पनि क्यान इन्फोटेक गर्ने जर्मको गर्दै छौँ ।

चौथो दिनसम्म आउँदा यो मेलामा आउने लक्षित वर्ग कुन रहे ?

क्यान इन्फोटेकमा आजको दिनमा बालबालिकादेखि बुढासम्म मेला अवलोकन गर्न आएका छन् । किनभने आजको दिनमा प्रविधि सबै वर्गाको अपरिहार्य भएको छ । किनभने आज हामीले बालबालिकाहरू विद्यालयमा पढाउन पठाएका छौँ ।उनीहरूको गृहकार्य मोबाइलमा आएको हुन्छ । यदि यो विषयमा अभिभावक र विद्यार्थी दुबैले जानेन्र भने त उनीहरू पछि परेको अवस्था हुन्छ । त्यसैगरि बुढापाकामा पनि कसैलाई ईमेल लेख्नुपर्यो वा विदेशमा रहेका छोराछोरीसँग कुरा गर्नको प्रविधिसँग घुलमिल हुनुपर्छ । यस्ता विषयमा जानकार हुनको लागि पनि यो इन्फोटेक उत्तिकै काेशेढुङ्गा सावित भएकाे छ ।

मेला आयोजना गर्दा यसको उद्देश्य व्यापारमात्रा हाे कि यो क्षेत्रमा देखिएका समस्यालाई सरकार माझ स्थापित गराएर समाधानकाे बाटाे तर्फ लैजानु हाे ?

यो इन्फोटेक कहिल्यै पनि व्यापार केन्द्रित हुदैँन । किनभने मेलाकाे मूल विषय ब्रान्डिङ हाे । मेलामा नयाँ विषयहरू के आए भन्ने कुरा सम्पूर्ण आम नागरिकमा पुगोस् भन्ने हुन्छ । त्यस्तै अवलोकनकर्तालाई एउटा छानो मुनि विभिन्न कम्पनीका सामाग्रीहरू खरिद गर्ने अवसर पनि हुन्छ । नयाँ कुनै प्रविधि आयो भने त्यो प्रविधि के रहेछ त भन्ने विषयमा पनि जानकार हुने भए । त्यस्तै सरकारलाई पनि यस क्षेत्रमा देखिएकाे समस्याबारे बुझाएर समाधानकाे बाटाेमा ल्याैजानु नै मूल उद्देश्य रहेकाे छ ।

Skip This