काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक आइतबार २७।२१ अंकले घटेर २०३४।८२ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहको सेयरमूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ९० लाख २५२ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।
आजको दिन नेप्सेमा बोटलर्स नेपाल ९बालाजु० र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आइतबार साम्लिङ पावार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८।२१ प्रतिशतले घटेको छ ।
कुल ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्