२३.८० प्रतिशत बोनस सेयर घोषणा सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने


काठमाडौं । सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९–८० का लागि २५.०५२६ प्रतिशत लाभांश घोषणाको प्रस्ताव गरेको छ ।

बैंठकले २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) घोषणा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । घोषित बोनस सेयर वितरणपछि ३ अर्ब ९६ करोड पुग्नेछ ।

यस्तै, कम्पनीले बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात १ः०ः२७ अनुपातमा हकप्रद जारी गर्ने जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद जारी गर्न बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब चुक्तापूँजी पुर्याउने उद्देश्यका साथ कम्पनीले बम्पर लाभांश घोषणा गर्दै हकप्रद सेयर जारी गर्ने जनाएको छ ।