फोर्डद्धारा नेपाली ग्राहकहरुप्रति आफ्नो प्रतिवद्धता दोहोर्‍याउँदै


काठमाडौं । फोर्ड इन्डियाले नेपालमा रहेका आप्mना ग्राहकलाई सेवा, पार्टपुर्जा र वारेन्टीका लागि सहयोग गर्ने घोषणा गरेको छ । नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जि.ओ. अटोमोबाइल्स प्रा. लि. हो ।

अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय गरेको हो ।

फोर्डले कमिटेडटुसर्भ नामक नयाँ अभियान सुरु गरेको छ । यस अभियानमा उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ्ग र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिने जनाएको छ ।

“पारिवारिक अनुभूृृृतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टु सर्भ अभियान अघि बढाइएको हो जसअनुरुप सदाझैं फोर्ड तपाईंहरुको साथमा छ भन्ने विश्वस्त पार्ने बारेमा हो । यो प्रतिबद्धता नेपालमा जि.ओ. फोर्डमा रहेका सक्षम र व्यावसायिक टोली मार्फत तपाईंहरुलाई दिइ रहनेछ,” फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक श्री विनय रैनाले भने ।