काठमाडौँ । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।
बैंकिङ्ग सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडीयो श्रृंखला र पुस्तक मार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ ।
उक्त भिडीयो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने विश्वास बैंकले लिएको छ ।
भिडीयो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चलेको बताऐ । यस पुस्तक र भिडीयो श्रृंखलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तिकरण गर्न टेवा पुर्याउने उनको आशय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्