सुजुकीको नयाँ गाडी ‘अल न्यू सुजुकी सेलेरियो’ सार्वजनिक


काठमाडौं । सुजुकीको धेरै इन्धन प्रभावकारी हुने पारिवारिक कार “अल न्यू सुजुकी सेलेरियो” सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सले को अटोमोटिभ डिभिजन सिजी मोटोकर्प सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।

यसले सर्वाधिक माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।

सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले भने,“सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियो मा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ, साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ ।

स्टाइलिश थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुखल जेट, डुअल भिभिटी युक्त के सिरिज इन्जिन प्रयोग गरेको छ । यसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुजुकीको एड्भान्स हियरटेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने छ । हियरटेक्ट प्लेटफर्मले कारको क्र्यास, रिगिडिटी र समग्र बललाई सुधार गर्छ ।