काठमाडौँ । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौँ महानगरपालिकाले चार वटा सवारीसाधन फिर्ता गर्ने भएको छ ।
महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडी बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा देखिएको सार्वजनिक जानकारी गराएकाे हाे ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।
उनले महानगरले खरिद गरेका ६ वटा टिप्परकै बिलबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए ।
उनले भने, “बाेलपत्र कागजात अनुसार आपूर्ति गरिएको ६ थान सवारी साधनको बोलपत्रमा उल्लेख भएको प्रविधिक विशिष्टताहरूको तुलना गर्दा माग भएअनुसारको प्राविधिक विशेषताहरू सहितको सवारी साधन आपूर्ति नभएको पायौँ ।”
महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्