नबिल बैंकको सिईओ ढुङ्गानाको कार्यकाल २ वर्ष थपियो


काठमाडौँ। नबिल बैंक लिमिटेडले प्रभुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुङगानाको २ वर्ष कार्यकाल थपिएको छ । बैंकको जेठ २ गते बसेको ६५७ औं सञ्चालक समितिको बैठकले सिईओ ढुङ्गानाको कार्यकाल २ वर्ष थप गरेको हो ।

असार १७ गतेबाट लागू हुने गरी २ वर्षको कार्यकाल थप गरिएको उल्लेख गरिएको छ। ढुङगानाले नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा गाभिएपछि २०७९ असार १७ गते २ वर्षका लागि नियुक्ति पाएका थिए ।