आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जाेड


काठमाडाैँ । आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जनता एग्रो एण्ड फोरेस्ट्री लिमिटेडले आज पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरूले विभिन्न तथ्याङ्कहरु केलाएर हेर्दा अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारको उचित विकल्प कृषि क्षेत्र रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै जनता एग्रो एण्ड फोरेस्ट्री लिमिटेडका अध्यक्ष पवन गोल्यानले पछिल्लाे समय साना किसानलाई प्रोत्साहन गर्न र किसानकाे उत्पादनकाे बिक्री वितरणमा सहज वातावरणकाे सिर्जना गराउने हेतुले जनता एग्रोले काम गर्दै आएको बताएका छन् ।

उनले स्थानीय तह र कृषि सहकारीले किसानका उपजहरू प्रोत्साहन गरेर बिक्री वितरणमा सहयोग गर्नुपर्ने विषयमा समेत जोड दिए । उनले भने, “जबसम्म हामीले प्राङ्गारिक खेती गर्ने साना किसानलाई सहज वातावरणकाे सिर्जना नगर्ने बेलासम्म कृषि क्षेत्रले फड्काे मार्दैन् ।”

उनले आजको आवश्यकता भनेको वैदेशिक रोजगारीबाट फर्केका वा वैदेशिक रोजगारमा जान नचाहेका युवालाई उन्नत तथा व्यावसायिक कृषिमा आकर्षित गर्ने अहिलेको समय उपयुक्त रहेको दाबी गरे । उनले भने, “वैदेशिक रोजगारमा रही कृषि क्षेत्रमा अनुभव हाँसिल गरेका नेपाली कामदारहरूको तथ्याङ्क संकलन गरी उनीहरूबाट प्राप्त पुँजी, ज्ञान र सीपको उचित उपयोग गदै देशले फाइदा लिन सक्नुपर्दछ ।”

जनता एग्रो एण्ड फोरेस्ट्री लिमिटेडका निर्देशक परितोष पौडेलले नेपालमा भएका अथाह सम्भावनाका कुरालाई सम्भवमा बदल्ने अठोटका साथ जनता एग्रो एण्ड फोरेस्ट्रीको सुरुवात गरेको बताए ।

उनले उक्त कम्पनी समुदायमा आधिरत कृषि कम्पनी रहेको बताउँदै किसानले उत्पादन गरेको वस्तुलाई सहज बिक्री वितरणमा समेत टेवा पुर्याएका बताए । उनले नेपालले कृषिमा सफल भएका र नयाँ नयाँ प्रयोग र आधुनिकिकरणमा लागेका देशरूबाट कृषि पाठ सिक्नुपर्नेमा समेत जोड दिए ।

पौडेलले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गर्ने एकमात्र विकल्प कृषि बाहेक अरू नहुने बताउँदै कम्पनीले कृषि उत्पादनको निर्यातमा विशेष कार्यहरू गर्दै आएको जानकारी दिए । कृषि क्षेत्रमा जोड दिदाँ रेमिट्यान्स आयको परनिर्भरतालाई न्यूनिकरण गरी देशको अर्थतन्त्रलाई बचाउन महत्त्वपूर्ण भूमिका खेल्न सकिने उनले दाबी गरे ।

उनले भने, “प्राकृतिकदेखि विभिन्न विषयमा हामीलाई साथ रहेको अवस्था छ । त्यसैले कृषि क्षेत्रमा मात्रा आत्मनिर्भर हुन सक्दा हाम्रो राष्ट्र सम्पन्न हुन समय लाग्दैन । त्यसकारण हामीले किसानले उत्पादन गरेको वस्तु र हामीले उत्पादन गरेको वस्तु निर्यात गर्नको लागि उक्त कम्पनीको स्थापना गरेका हौँ ।”

पौडेलले पराम्परागत खेतिलाई प्रवद्र्धन गर्ने र नयाँ प्रविधिको विषयमा जोड्न आफूहरू नयाँ तरिकारले अघि बढेका दाबी गरे । उनले भने,”नेपालकाे सन्दर्भमा धेरै कम्पनी स्थापना हुँदा पनि उनीहरूसँग प्राप्त प्रविधि र तालिम नहुँदा धेरै पछि परेका छन् । तर हामीले त्यो बिचमा निर्यात प्रर्वद्धन गर्ने जस्ता काम गरेका छौँ र अर्को आर्थिक वर्षदेखि आईपिओमा जाने निर्णय गरेका छौँ र । जीवनको आधार माटो, आत्मनिर्भर समुउन्तीको बाटो भनेर एउटा खाका साथ अघि बढेका छौँ ।”

जनता एग्रो एण्ड फोरेस्ट्री लिमिटेडका अर्का निर्देशक प्रेम लामाले पछिल्लो समय नेपालमा अर्गानिक कृषि उपजमा जनता एग्रो एण्ड फोरेस्ट्री मात्रा रहेको दाबी गरेका छन् ।

उनले हरेक नेपालीको भन्सामा विषादीरहित कृषि उपज पुगाेस् भन्ने हेतुले नै अर्गानिक कृषि यात्रा सुरू गरेर नेपाललाई स्वास्थ्य बनाउनको लागि काम गरेका बताएका छन् । उनले भने, “नेपालको जमिन, हावापानी यति राम्रो छ जसले गर्दा हाम्रो उत्पादन पनि राम्रो हुदैँ गएको छ । त्यसले गर्दा हाम्रो देशमा यति ठूलो सम्भावना रहेको र विदेश भएका युवाहरूलाई फर्काउने यो एउटा मौका पनि हो । स्वास्थ खाना खुवाउनको लागि हाम्रो अभियान रहेको छ ।”

उनले जनसंख्याको तुलनामा कृषिजन्य वस्तुको उत्पादनको वृद्धि सुस्त रहेकाले यस्ता वस्तुको आयात बढिरहेको समेत बताए ।

त्यस्तै कम्पनीले आगामी आर्थिक वर्ष २०८१\०८२ काे बजेटमा कृषि क्षेत्रकाे विषयमा समेटिनु पर्ने सुझाव समेत पेश गरेकाे छ । कम्पनीले स्थानीय किसानले उत्पादन गरेकाे कृषि उजप बजारसम्म नपुग्ने र भने जस्ताे आम्दानी नहुने हुनाले, साे समस्यालाई हल गर्नकाे लागि कृषि उपज भण्डारण तथा प्रशाेधन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकाे छ । त्यस्तै करार खेतीमा विदेशी लगानी भित्राउँदा, स्थानीय कृषकहरूकाे उत्पादनले बजार पाउने सम्भावना बढेर जाने भएकाले त्यसतर्फ ध्यान दिन पनि कम्पनीले आग्रह गरेकाे छ ।

कम्पनीका अनुसार नेपालमा उपयाेगमा नआएका बाँझाे कृषियाेग्य जग्गा धेरै भएकाले त्यस्ता जग्गा स्थानीय तहले मनासिब रकममा भाडामा प्राप्त गरि, साे रकम पुन किसान तथा कृषिमुलक उद्योगसँग करार गरी कृषि प्रयाेजनकाे लागि भाडामा दिने प्रणाली निर्माण गरिने जस्ता विषय बजेटमा समेटन आवश्यक रहेकाे छ ।