काठमाडाैँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । संघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १८ शुक्रवार काठमाडौंको सोल्टी होटलमा सिइओ कन्फरेन्स आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सीइओ कन्फरेन्समा अन्तर्राष्ट्रिय विज्ञहरुबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान र विचार प्रस्तुत हुने संघले उल्लेख गरेका छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष मोहनराज ओझाले परिर्वतनहरुलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने मुल नाराका साथ सिइओ सम्मेलन गर्न लागेको बताए ।
उनले कामको भविष्य परिवर्तित परिदृश्य आत्मसात मुख्य विषय वस्तु रहेको जानकारी दिए । अध्यक्ष ओझाले सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्यमा गर्नसक्ने अन्वेषणमा सहयोग पुग्ने बताए ।
संघले कोभिड–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा सम्मेलनले वैश्विक मुद्दा सम्बोधनका लागि नेपालको व्यवस्थापनका नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरुको आदानप्रदान र सहकार्य सहयोग पुग्ने उल्लेख गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्