विलिङ बिंगो इभी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ।

चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री गर्ने भएको हो। उक्त इभीको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ कारमा ३१.९ किलोवाट आवरको लिथियम फेरो–फस्फेट ब्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३३० किलोमिटर रेन्ज दिने कम्पनीकाे दाबी छ । साथै कारमा ५० किलोवाट क्षमताको पीएमएसएम मोटर राखिएको छ । उक्त इलेक्ट्रिक मोटरले ६७ पीएस पावर र १५० एनएम टर्क जेनेरेट गर्दछ । कारको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा छ ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको सो नयाँ कारलाई एसी चार्जरको साहयतामा ५.५ घण्टामा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने फास्ट चार्जरले ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएकाे छ ।