काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्ष (२०८०\०८१) को १० महिना (साउनदेखि बैशाख) सम्म ८ हजार ४९७ विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।
भन्सार विभागले आज (सोमबार) सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख महिनामा मात्रै १ हजार ४०४ युनिट विद्युतीय सवारी आयात भएका छन्।
विभागको तथ्यांक अनुसार यी गाडीहरूको आयात मूल्य २१ अर्ब आठ करोड ८० लाख ४९ हजार रुपैयाँ छ । जसबाट सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्