२११५ पुग्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा १३ ओटा उपसमूहमध्ये ११ उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार पोखरा फाइनान्स लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ६४ लाख ७१ हजार ५९४ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त र मध्य भोटेकोशीका जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।