गृहमन्त्री लामिछानेको सम्पत्तिः ८० तोला सुन, ८ करोड ७५ लाखको शेयर


काठमाडौँ । उप्रप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सम्पत्ति विवरणअनुसार लामिछानेको श्रीमति निकिता पौडेलको नाममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको ५ आना ३ करोड ७५ लाखमा खरीद गरिएको छ।

खरीद गर्दाको १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता हुन बाँकी रहेको गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्। सो जग्गा खरीदको रकम प्राप्तिको स्रोत व्यवसाय (गोपीकृष्ण इन्टरनेसनल संचालन भाडा, नारी टिभि, ब्राण्ग इन्डोर्समेन्टबाट प्राप्त पारिश्रमिक तलब लाभांश रहेको सो विवरणमा उल्लेख छ।

यस्तै सुनका गरगहना करिब ८० तोला केहि ५\७ वर्ष अगाडी खरीद गरिएको र केहि १०\१२ वर्ष अघि खरीद गरिएको र सो गरगहना अधिकांश बुबाआमाबाट र केही निकिता पौडेलले खरीद गरेको सम्पत्ति विवरण मा उल्लेख छ ।

रवि लामिछानेको नाममा भक्तपुरमा १ रोपनी १ आना रहेको छ। सो जमिन पैतृक सम्पत्ति रहेको बताइएकाे छ ।