काठमाडौँ । बागमती प्रदेश सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पेट्रोलियम पदार्थमा रहेको अत्यधिक निर्भरता कम गर्न पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने कार्यलाई प्रोत्साहन गरिने बताए ।
उनका अनुसार वर्कशाप सवारी साधन प्रशिक्षण केन्द्र र अटोमोबाइल्स मर्मत केन्द्रहरूलाई नियमन र व्यवस्थि गरी उक्त क्षेत्रमा स्वेदेशी श्रमिकको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
वर्कशप व्यवसायीहरूको सेवालाई स्थानीय तहसँगको सहकार्यमा एकीकृत, मर्यादित र व्यवस्थित गर्न अटोल्याण्डको अवधारणा विकास गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्