सवारी चालक अनुमतिपत्र प्रदेशमै छापिने


काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड छपाईँ तथा वितरणका लागि संघीय सरकारबाट सहकार्यको प्रतिबद्धता प्राप्त भएकाले अगामी वर्षदेखि प्रदेशबाट नै छपाइ तथा वितरण गर्ने व्यवस्था मिलाउने बताए ।

त्यस्तै बागमती प्रदेशमा दर्ता भई राइड सेयरिङ सेवा प्रदान गर्ने सेवा प्रदायकहरूले लिने भाडादर, यात्रु बिमा, सेवा सञ्चालनका शर्ताहरू पालना गरे नगरेको विषयमा प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ ।