काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच सम्झौता भएको छ । नेपाल र भारत बिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबिआई बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर अन्तरदेशीय कारोबार गर्न सकिने छ । सम्झौता अनुसार नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल एसबिआई बैंक ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्ने जनाइएको छ ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्