दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमा दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्दै दिवा खाजाको लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको बताए ।