निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनी अनिवार्य धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने


काठमाडौं । सरकारले धितोपत्र बोर्डको संस्थागत क्षमता सुधार गर्ने भएको छ । मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले
पूँजीबजारको विकासका लागि धितोपत्र बोर्डसहित नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने बताएका छन् ।

अर्थमन्त्री पुनले भने निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुने पर्ने व्यवस्था गरेको छु । साथै, पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुद्धिकरण गरिने भएको छ । नेप्से र सीडीएसको संरचनागत सुधार पनि गरिने छ ।

त्यस्तै आगामी वर्षमा वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने अर्थमन्त्री पुनले बताएका छन् ।