काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ अंकमा झरेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।
आजको दिन नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ ।
त्यस्तै आजको दिन नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३११ कम्पनीको ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्