नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको आइतबार बिहान बसेको सञचालक समिति बैठकले करसहित २१.५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।