काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ ।
कारोबारहरु नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेकोले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. को बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्