चुरे संरक्षण अभियानमा खाद्यका लागि कृषि अभियानको ऐक्यवद्धता


काठमाडौँ । चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौँ आएका नागरिकहरूको अन्दोलनलाई खाद्यका लागि कृषि अभियानले ऐक्यवद्धता जनाएको छ । हिजो (बुधाबार) अभियानका संयोजक उद्धव अधिकारीसहितको टोलिले माइतीघरमा पुगेर उनीहरूको आन्दोलनलाई ऐक्यवद्धता जनाएको हो ।

चार दिन यता काठमाडौँ लक्षित आन्दोलन गरिरहेका उनीहरूले अहिलेसम्म सरकारले कुनै चासो नदिएको गुनासो गरेका थिए । सरकार र राजनीतिक दलका नेताहरूले विभिन्न प्रतिवद्धता जनाएपनि झुटो आश्वशन मात्रा दिएको संयोजक अधिकारीले बताए । उनले वातावरणको संरक्षण गर्नुपर्छ भन्ने तर चुरे संरक्षणका लागि काठमाडौँमा प्रदर्शन गरिरको प्रदर्शनकारीहरूको आवाज सरकारले नसुनेको बताए ।

उनीहरूले स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकारलाई चुरे संरक्षण्का लागि बारम्बार आग्रह गरेको भएपनि सरकारले आफूहरूको आवाज नसुनेको उनीहरूको गुनासो छ ।

संयाेजक अधिकारीले चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान नभएकाले सबै मिलेर चुरे संरक्षणमा लाग्नुपर्ने बताए । उनले प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाउने नागरिकहरूको आवाज सरकारले नसुनेको बताउँदै चुरे संरक्षण नहुँदा तराइबाट उत्पादन हुने खाद्यमा कमि हुने र देशभर खाद्य संकट पर्ने दाबी गरे ।

आन्दाेलनमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूको फोटो प्ललेकार्डमा राखेर सरकार र नेताहरू हराएको सांकेतिक बिरोध गरेका छन् । उनीहरूले २५ दिन हिँडेर, १४ दिन धर्नामा, सरकार कता रु भन्ने जस्ता प्लेकार्डह बोकेर बिरोध जनएका छन् ।