पोखरामा एसवाईएम मोटरसाइकलको टेष्ट राइड एण्ड एक्स्चेन्ज क्याम्प


पोखरा । के.जी. इन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरामा एसवाईएम मोटरसाइकलको टेष्ट राइड एण्ड एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

च्वाइस बाइक नयाँबजार पोखरामा चैत २० देखि २२ गतेसम्म टेष्ट राइड र एक्स्चेन्ज क्याम्प हुने प्रालिका जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।

सय जनाले टेष्ट राइड गरिसकेपछि ३ जना लक्की राइडरलाई १० हजार रुपैयाँ नगद उपहार प्रदान हुनेछ । पहिलो ६ जना एसवाईएम खरिद कर्तालाई २० हजार पर्ने राइडिङ ज्याकेट उपहार प्रदान हुने खत्रीले जानकारी दिइन् ।

एक्स्चेन्ज गर्दा पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नगद छुट १० हजार रुपैयाँ हुनेछ । ३ दिनसम्म चल्ने उक्त अफरसहितको टेष्ट राइड तथा एक्स्चेन्ज क्याम्पमा सहभागी भएर लाभ लिन प्रालिले सम्पूर्ण मोटरसाइकल पारखीमा आह्वान गरेको छ ।

एसवाईएमको एनएचटी२०० बाइक नेपाली बजारमा छोटो समयमा लोकप्रिय रहेको खत्री बताउँछिन् । “पोखरा क्षेत्रका ग्राहकको सुविधालाई ध्यानमा राख्दै अफर ल्याएका हौं,” खत्रीले भनिन् ।

कम्पनीले बिगत केही वर्षदेखि विश्वको प्रशिद्ध ब्राण्डहरुलाई नेपालमा भित्राउँदै आइरहेको छ । बिक्रीसँगै बिक्री पछिको सेवालाई मध्यनजर गरी सर्भिस सेन्टर स्थापना र स्पेयर्स पार्टसको उपलब्धतालाई ध्यान दिइरहेको खत्रीले जानकारी दिइन् ।

“हाम्रो मुख्य उद्देश्य नै ग्राहकलाई सन्तुष्ट बनाउनु हो,” उनले भनिन्, “सर्भिस र स्पेयर्स पार्टस् सुपथ मूल्यमा उपलब्ध गराउँछौं ।”
काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा छन् । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ ।

६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् ।

यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।