काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ५३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५३ अर्ब १९ करोड ६३ लाख ३० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
यस अवधिमा वाणिज्य बैंकहरुले मात्र ४८ अर्ब ६० करोड ६७ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् ।
चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम नाफा कमाउने बैंक नेपाल बैंक रहेको छ भने सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बनेको छ ।
यस अवधिमा नेपाल बैंकले ५९ करोड ३ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ४६ करोड २७ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
ग्लोबल आइएमई बैंकले यो अवधिमा ४ अर्ब १२ करोड २९ लाख ९० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड १० लाख ३० हजार रुपैयाँ, प्राइम कर्मशियल बैंकले ३ अर्ब २२ करोड ५७ लाख ५० हजार रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै, कृषि विकास बैंकले २ अर्ब ६९ करोड ७८ लाख १० हजार रुपैयाँ, स्ट्याण्र्डड चार्टड बैंकले २ अर्ब ६६ करोड ५८ लाख ६० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड ३२ लाख १० हजार रुपैयाँ, प्रभु बैंकले २ अर्ब ५० करोड ४६ लाख २० हजार रुपैयाँ र एनएमबी बैंकले २ अर्ब ४८ करोड ७३ लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् ।
हिमालयन बैंकले २ अर्ब २२ करोड ८९ लाख ८० हजार रुपैयाँ, एन आई सी एशिया बैंकले २ अर्ब १६ करोड ३२ लाख ४० हजार रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड ७७ लाख २० हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९५ करोड ६९ लाख ६० हजार रुपैयाँ र सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
सिटीजन्स बैकले १ अर्ब ५० करोड ३२ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ४२ करोड २९ लाख ५० हजार रुपैयाँ र माछापुच्छे«े बैंकले १ अर्ब १० करोड ६२ लाख २० हजार रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्