नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ५ अर्ब माथि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन ३३ अंकले बढेको सेयरबजार आज भने सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुह घटेका छन् भने बाँकी ९ उपसमुहको सेयरमूल्य बढेको छ ।
बुधबार कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको २७ करोड ६३ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजारा ४ सय ७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।