बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु सँग अधिक तरलता भएपछि राष्ट्र बैंकले विहीबार ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो । बोलकबोल माध्यमबाट ब्याजदर निर्धारण गरेर राष्ट्र बैंकले निक्षेप संकलन गर्ने छ ।

राष्ट्र बैंकले १४ दिनको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गर्नं लागेको हो । २०८१ असार १३ गते राष्ट्र बैंकले साँवा ब्याज भुक्तानी गर्ने छ ।