मंगलबार नेप्से परिसूचक १८ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयरमापक सूचक नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा बरुण हाइड्र पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड २७ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।