जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा सञ्चालनमा


काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नं. ०४ खलङ्गा बजारमा आफ्नो ३०७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकको छ ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।