बाबा रामदेवको लगानी लुकाउन कर नलाग्ने संस्थाको आवरण


भारतीय खोजी पत्रकारहरूको संस्था रिपोर्टर्स कलेक्टिभले बाबा रामदेव र उनका सहयोगीहरूले लगानी लुकाउन कर नलाग्ने परोपकारी संस्थाहरूको आवरण प्रयोग गरिरहेको खुलासा गरेको छ ।
नयाँ दिल्ली । बाबा रामदेव र उनका सहयोगीहरूले पैसा र लगानी जम्मा गर्न कर छुट पाउने परोपकारी संस्था, जसमा पतञ्जलीले अधिग्रहण गरेको टाँट उल्टेको उपभोक्ता सामान कम्पनी रुचि सोया पनि छ- चलाएको रिपोर्टर्स कलेक्टिभले गरेको अनुसन्धानले पत्ता लगाएको छ।

सन् २०१६ मा, पतञ्जली समूहसँग सम्बन्धित व्यक्तिहरूले योग र आयुर्वेद केन्द्रहरूको स्थापना र  प्रवर्द्धन गर्न योगक्षेम संस्थान नामक एक गैर-लाभकारी परोपकारी कम्पनी स्थापना गरे, यसलाई कर-मुक्त स्थिति प्राप्त भयो।  गैरनाफामूलक संस्थाले ६ वर्षसम्म एक रुपैयाको परोपकारी काम नगरे पनि तर रामदेवका निकट सहयोगीहरूले रुचि सोयामा गरेको लगानीको रकमसहित करोडौं रुपैयाँको लगानी जम्मा गर्न मात्र प्रयोग गरिएको थियो अनुसन्धानको क्रममा कम्पनीको अभिलेखमा पहुँचबाट भएको खुलासा भएको छ ।

 कर कानुनले व्यावसायिक लगानी र व्यावसायिक गतिविधिहरू मार्फत आय आर्जन गर्ने गैर-लाभकारी संस्थाहरूलाई कर नतिरी मुनाफा कमाउन साधनको रूपमा उपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाएको छ। विगतमा, कर अधिकारीहरूले धेरै गैर-लाभकारीसंस्थाहरूमाथि सानातिना अपराधहरूमा अनुसन्धान गरिएको र मुद्दा चलाएका छन्। रामदेवको परोपकारी कम्पनीले आफ्नो कुनै पनि परोपकारी काम नगरेको र लगानी सारेका बावजुद छानबिनबाट टाढा रह्यो।

हाम्रो पहिलेको अनुसन्धानले पतञ्जली समूहले धेरै शंकास्पद र शून्य-राजस्व कम्पनीहरू जन्माएको पत्ता लगाएको थियो कि जसले अभूतपूर्व सुपर नाफा कमाउनको लागि पारिस्थितिक रूपमा संवेदनशील अरवली वन क्षेत्रमा सावधानीपूर्वक व्यापार गरेको थियो । उनीहरूले यो जग्गा आयुर्वेदिक औषधि र उत्पादनहरू उत्पादन गर्ने कारखानाहरू स्थापना गर्नका लागि गलत तरिकाले लिएको खुलासा गरेको थियो ।

जबकि यस्ता संस्थाहरू स्थापना गर्नुको उद्देश्य जटिल भए पनि स्पष्ट कारणहरू यी खोक्रा संस्थाहरू हुन् – जसले उनीहरूको घोषित कार्य गर्दैनन् – स्वामित्वको देखिने स्थितस सीमित राख्छ, एक संस्थाबाट अर्को संस्थामा पैसा सर्दा अस्पष्टताको तहहरू थप्दछ र सम्भावित रूपमा कर कम गर्ने अवसर सिर्जना गर्दछ। एकाउन्टेन्टहरूले यसलाई ‘ट्याक्स प्लानिङ’ भन्छन्।

योगक्षेम संस्थानले रुचि सोया(हाल पतञ्जलि फुड्स) मा गरेको लगानीबाट भएको ठूलो आयमा कर तिरे पनि कर छुट दिइएका शर्तहरू पूरा नगरे पनि कम्पनीले करमुक्त हैसियत गुमाएको छैन ।

हामीले आचार्य बालकृष्ण र योगक्षेम संस्थानलाई गैरनाफामुलक कम्पनीले कुनै परोपकारी कार्य गर्न नसक्नुको कारण र किन उसले लगानी मात्र गरेको हो भनेर भनेर प्रश्नहरू पठायौं तर कुनै जवाफ आएन ।

रामदेवले भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारमा भएको भ्रष्टाचारमाथि औंला उठाएर, भारतीय जनता पार्टीको वर्तमान सत्ताको पक्ष लिएर र कहिलेकाहीं अल्पसंख्यक मुस्लिम समुदायविरुद्ध घृणा फैलाएर सत्तासँग निकटता बढाए।

 उनले आफूलाई सदाचारी उपभोक्तावादको सन्देशवाहकको रूपमा ब्रान्डिङ गरे, आफ्नो व्यापारिक साम्राज्यलाई राष्ट्रको सेवा गर्न र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग लड्न समर्पित देशभक्तिको किल्लाको रूपमा चित्रण गरे। तर द कलेक्टिभले हेरेका कागजातअनुसार रामदेव र उनका सहयोगीहरूले समस्या नझेली आफ्नो नाफा बढाउनका लागि एकाउन्टेन्ट र वकिलको टोली प्रयोग गर्ने अधिकांश रुपमा व्यवसायीहरूसरका सामान्य रणनीति अपनाउने गरेको देखाउँछ। 

योगक्षेम संस्थानमा लगानी गर्ने प्रमुख व्यक्तिहरू मध्ये एक हुन्- आचार्य बालकृष्ण हुन्, जो रामदेवका दाहिने हात हुन्, जसको हातमा पतञ्जली बिजनेस ग्रुपको चाबी छ ।

बालकृष्णले सन् २०१६ मा एक पत्रकारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘जनताको सेवा गर्न हामीलाई धन चाहिन्छ । सोही वर्ष पतञ्जली समूहसँग आबद्ध चार जना आचार्य प्रद्युम्न, फूलचन्द्र, सुमनदेवी र सविता आर्यले की। योगक्षेम संस्थान को स्थापना गरे । गैरनाफामुलक संस्थाको प्रारम्भिक पुँजी ४ लाख रुपैयाँ थियो ।

फूलचन्द्रलाई अहिले स्वामी परमार्थदेवको नामले चिनिन्छ । र, उनी अहिले प्रत्यक्ष रूपमा अर्को आध्यात्मिक गुरुमा परिणत भए तापनि वर्षौंदेखि उनी निर्माण कम्पनी प्लेजेन्ट विहार प्राइभेट लिमिटेड र पतञ्जली नेचुरल बिस्कुट प्राइभेट लिमिटेडलगायत एक दर्जनभन्दा बढी नाफामूलक कम्पनीमा निर्देशक रहँदै आएका छन् ।

सुमन देवी अब साध्वी देवप्रिया बनेकी छिन। उनी रामदेवको अर्को कम्पनी वैदिक ब्रोडकास्टिङ लिमिटेडकी निर्देशक हुन् । रामदेव र उनका सहयोगीहरूले नाफा कमाउन चलाएका अन्य कम्पनीहरूको विपरीत, यो एक औपचारिक रूपमा गैर-लाभकारी कम्पनीको रूपमा स्थापित गरिएको थियो।
कम्पनीको संस्थापन दस्तावेजहरू भन्छन- यसका प्राथमिक उद्देश्य समाजका विपन्न वर्गहरूका लागि योग केन्द्रहरू, सीप विकासको लागि शैक्षिक संस्थानहरू र स्वास्थ्य सेवा केन्द्रहरूको स्थापना र प्रवर्धन गर्नु हो। कम्पनीले बालबालिका र युवामा प्रतिभाको विकास गर्दै उनीहरूमा राम्रो नागरिकको गुण र सक्षम नेतृत्व सिर्जना गर्ने उनीहरूको भनाइ छ । यसको उद्देश्यमा समान उद्देश्य भएका अन्य संस्थाहरूलाई सहायता र चन्दा प्रदान गर्नु पनि समावेश छ।

त्यसो भए, गैर-लाभकारी संस्थाले यसलाई प्रदान गरिएको कर छुटको औचित्य साबित गर्न समाजमा के पर्याप्त परोपकारी कार्यहरू गर्यो?

कम्पनी गठन भएदेखिको वित्तीय विवरणको समीक्षा गर्दा कम्पनीले कहिल्यै पनि विपन्न वर्गका लागि योग वा स्वास्थ्य केन्द्र वा शैक्षिक संस्थाहरू स्थापना नगरेको देखाएको छ ।

आफ्नो अस्तित्वको दोस्रो वर्षदेखि योगक्षेम रामदेवका सहयोगीहरूको संदिग्ध लगानी थन्क्याउने खेलको हिस्सा बन्यो। योगक्षेमले सरकारलाई बुझाएको अभिलेख अभिलेखअनुसार सन् २०१८ को जनवरी ५ मा बालकृष्ण, स्वर्गीय स्वामी मुक्तानन्द (रामदेवका अन्य नजिकका लेफ्टिनेन्ट) र पतञ्जली समूहसँग सम्बद्ध अन्य छ वटा कम्पनीबाट चन्दा प्राप्त भएको थियो ।

पतञ्जली आयुर्वेद लिमिटेड (पीएएल) को २.०६५ करोड शेयरको रूपमा ७९.८ करोड भारु बराबरको कोष दान गरिएको थियो। यसमध्ये दुई करोड सेयर बालकृष्णले मात्र उपहार दिएका थिए, जोसँग पतञ्जली आयुर्वेदको ९८.५४ प्रतिशत स्वामित्व थियो, जुन जुन आफ्नो सञ्चालनको एक दशकमै आर्थिक पावरहाउस बनेको थियो र सोही आर्थिक वर्षमा ८,१३६ करोड भारु बिक्री भएको थियो ।

पतञ्जली आयुर्वेदको सेयर दान गरिएपछि योगक्षेमको शतप्रतिशत सेयर रामदेव र उनका सहयोगीहरूले स्थापना गरेको अर्को संस्था पतञ्जली सेवा ट्रस्टलाई दिइएको थियो । रामदेव योगक्षेम संस्थानको एक सेयर आफ्नो नाममा राखेर मनोनीत शेयरधनी बने ।

त्यसैले पतञ्जली आयुर्वेद उपहार दिएको २४ घण्टा नबित्दै बालकृष्णले रामदेव र मुक्तानन्दसँग मिलेर योगक्षेमको नियन्त्रण लिए । गैर-नाफामुखी कम्पनीका मूल मालिकहरू उनीहरूको सेयरबाट हटाइएका थिए यद्यपि उनीहरूले अर्को केही महिनासम्म कागजातहरूमा सञ्चालकको रूपमा कायम राखियो।

सार्वजनिक रूपमा रामदेवले यो रणनीतिक लगानीलाई जनता र राष्ट्रको सेवा गर्ने प्रयासको रूपमा बेचेका थिए। योग गुरुबाट व्यापारी बनेका बाबा रामदेवले पतञ्जली आयुर्वेद लिमिटेडलाई ‘गैरनाफामूलक’ संस्थामा परिणत गरिने बताएका  एक मिडिया रिपोर्ट मा उल्लेख गरिएको छ।  “योग गुरुबाट व्यवसायी बनेका बाबा रामदेवले भने कि पतञ्जली आयुर्वेद लिमिटेड ‘गैरनाफामूलक’ संस्थामा मा परिणत हुनेछ किनकि यसले आफ्नो व्यवसायबाट कमाइलाई परोपकारमा जोड्न चाहन्छ।” रिपोर्टमा भनिएको छ ।

रिपोर्टमा रामदेवलाई उद्धृत गर्दै भनिएको छ, “हामी पतञ्जलीलाई स्टक एक्सचेन्जमा सूचीकृत गर्दैनौं। हामी पतञ्जलिलाई मानिसहरूको हृदयमा सूचीकृत गर्नेछौं। हामी पतञ्जलीलाई गैरनाफामूलक संस्थामा रूपान्तरण गर्दैछौं ।

रिपोर्टमा पतञ्जली सेवा ट्रस्ट पतञ्जली ग्रुपका सबै कम्पनीहरूको होल्डिङ इकाई हुने पनि उल्लेख गरिएको छ ।

यदि योगक्षेम संस्थानले कुनै परोपकारी काम आफैं गरेको भए रामदेवको दाबी सत्य हुन सक्थ्यो । त्यसो भएन। बरु बालकृष्ण र रामदेवका अन्य सहयोगीहरूले नगदी दुहुनो गाई पतञ्जली आयुर्वेद लिमिटेडको प्रभावकारी प्रमुख मालिक बनेर गैरनाफामूलक कम्पनीलाई पतञ्जली आयुर्वेदमा आफ्नो सेयर थन्क्याउन गर्न प्रयोग गरे जबकि हरू बनेर रहे, रामदेवको व्यवसायलाई परोपकारमा परिणत गर्ने दाबीलाई खण्डित तुल्याए ।

योगक्षेम संस्थानले पतञ्जली आयुर्वेद लिमिटेडले उपहार दिएको दुई करोड सेयरमा आरामसँग बसेर योग प्रवर्धनका लागि केही नगरी एक वर्ष बितायो । रोचक कुरा त के छ भने, दुई आर्थिक वर्ष २०१७–१८ र २०१८–१९ का लागि योगक्षेमले पतञ्जली आयुर्वेद लिमिटेडको सेयरको कोष दानलाई आफ्नो बहीखाता पुस्तिकामा देखाएको छ । जबकी पतञ्जली आयुर्वेदको वित्तीय रेकर्डले बालकृष्णलाई यसको ९८.५४ प्रतिशत सेयरको मालिकको रूपमा देखाउँदछ।

प्राविधिक रूपमा, यो असंगत छ कि एउटै सेयर दुई संस्थाहरूको कब्जामा छ। अन्ततः उनीहरूले दुई आर्थिक वर्षसम्म अस्पष्ट रहेको असंगतताको जवाफ दिनुपऱ्यो।

 जवाफ ब्यालेन्स सिटमा सानो प्रिन्टमा टाँसिएको थियो, जसमध्ये अधिकांश आँखा-तिरिमिरी हुने गरि सानो अक्षरमा थिए  ।  त्यसको सार के थियो भने योगक्षेमलाई दान गरिएको यी सेयरहरू बालकृष्णले ऋण लिनका लागि बैंकहरूमा पनि धितो राखेका थिए। अब बैंकहरू आफ्नो धितो योगक्षेम संस्थानलाई हस्तान्तरण गरिएकोमा खुसी थिएनन्, जुन संस्थासँग उनीहरूसँग सम्बन्ध थिएन। त्यसैले आर्थिक वर्ष २०२०-२१ मा सेयर स्थानान्तरणलाई उल्टाउनुपरेको थियो, जसले गर्दा लगानी गर्नका लागि नियममा रहेको अन्तरमा चलखेल गरेर आफ्नो बाटो बनाउने प्रयासको अन्त्य भयो ।

सन् २०१९ को डिसेम्बरमा बाबा रामदेवको पतञ्जलीको नेतृत्वमा रहेको कन्सोर्टियमले विवादास्पद रुपमा रुची सोयालाई अधिग्रहण गरेको थियो।

रुची सोयाले १२ हजार करोड रुपैयाँ भन्दा बढी ऋणदाताहरूलाई तिर्नु परेपछि यो कम्पनी धरापमा परेको थियो । टाँट पल्टिने वा इन्सोल्भेन्सी कानुन  अन्तर्गत बैंकरहरूसँग दुई विकल्पहरू थिए – ऋणको केही हिस्सा फिर्ता गर्न वा कम्पनीलाई टुक्रा-टुक्रा गरेर बेच्नको लागि खरिदकर्ता फेला पार्नु

रामदेवले मौकाको फाइदा उठाए र अदानी समूह (जो अन्तिम समयमा लिलामीबाट पछि हटेको थियो) लाई पछि पार्दै र रुचि सोयालाई किने। एसबिआई र युनियन बैंक जस्ता बैंकहरूले पतञ्जली कन्सोर्टियमलाई यो किन्नका लागि पैसा कर्जा दिएका थिए। डिसेम्बर २०१९ मा पतञ्जलीको ४३५० करोड भारुको बोलकबोल स्वीकृत भएको थियो र जुन २०२२ मा रुचि सोया पतञ्जली फुड्स बनेको थियो।

अब योगक्षेम, रुचि सोयामा रामदेव र उनका सहयोगीहरूको पार्किङ लगानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न तानिन थाल्यो ।

आर्थिक वर्ष २०२०-२१ मा पतञ्जली आयुर्वेदले थन्क्याएको (पार्क गरेको)   सेयरलाई उल्टाएपछि योगक्षेमको पुँजी ७९ करोड भारुले कम भयो । सोही वर्ष, रामदेवको अर्को गैरनाफामूलक संस्था दिव्य योग मन्दिर ट्रस्ट, जुन पतञ्जली कन्सोर्टियमको हिस्सा थियो र जसले रुचि सोयालाई अधिग्रहण गरेको थियो- ले योगक्षेमलाई ४२ करोड भारु मूल्यको रुचि सोयाको ६ करोड सेयर उपहार दिएको थियो। यससँगै योगाक्षेम अब रुचीको २०.२८ प्रतिशत मालिक भएको थियो ।  

योगाक्षेममा लगानी पार्क गर्दा  तापनि दिव्य योग मन्दिर ट्रस्टले पतञ्जली सेवा ट्रस्ट ६० प्रतिशत भन्दा बढी शेयर लिएर नाफामुखी भएको थियो ।

नाफा कमाउने फर्ममा सेयरको यस प्रकारको घुमाउरो होल्डिङले अक्सर कम्पनीको वास्तविक नियन्त्रण कसले राख्छ र कसले वास्तवमा कमाएको मुनाफाबाट प्राप्त गरिरहेको छ भनेर अस्पष्ट तुल्याउँछ ।

योगक्षेम संस्थानको स्वामित्व लगभग हरेक वर्ष परिवर्तन भएरहेको छ। दिव्य योग मन्दिरले आर्थिक वर्ष २०२०-२१ मा कम्पनीमा ६० प्रतिशत हिस्सा पाएको एक वर्षपछि यसलाई अर्को पतञ्जली ट्रस्ट, पतञ्जली रिसर्च फाउन्डेसन ट्रस्टलाई हस्तान्तरण गरेको थियो। यो ट्रस्टले अर्को आर्थिक वर्षमा अर्को गैरनाफामूलक कम्पनी पतञ्जली फुड एण्ड हर्बल पार्क्स प्राइभेट लिमिटेडलाई आफ्नो सेयर दिएको थियो ।

हामीले आचार्य बालकृष्ण र योगक्षेम संस्थानलाई एक विस्तृत प्रश्नावली पठायौं जसमा गैर-मुनाफामूलक कम्पनीले परोपकारी काम गर्न असफल हुनुको कारणऽ किन यसले लगानी मात्र गरि राख्यो  र अन्य संस्थाहरूबाट दान प्राप्त गर्दा स्वामित्वमा बारम्बार परिवर्तन भयो भन्ने लगायत उल्लेख थियो ।

हामीले पतञ्जली आयुर्वेद, पतञ्जली फुड्स र दिव्य योग मन्दिर ट्रस्टलाई योगक्षेम संस्थानलाई सेयर दान र गैरनाफामूलक संस्थाको स्वामित्वमा भएको परिवर्तनबारे पनि प्रश्न सोधेका थियौं । बाबा रामदेवका प्रवक्ता तथा आस्था टिभीका राष्ट्रिय प्रमुख एसके तिजारावालालाई पनि सबै मेलमा कपी गरिएको थियो । हामीले तिजारावालासँग फोनमा कुरा गर्‍यौँ  र ह्वाट्सएपमा पनि उनलाई प्रश्न पठायौं। हामीले अहिलेसम्म कुनै प्रतिक्रिया पाएका छैनौं ।

एक परोपकारी संस्थाको रूपमा, योगक्षेम संस्थानले आयकर अधिनियम, १०६१ अन्तर्गत कर छुट प्राप्त गर्दछ। कम्पनीले उसले यसको कम्तिमा ८५ प्रतिशत आफ्नो परोपकारी कार्यमा प्रयोग गर्दछ भने आफ्नो आयमा कुनै कर तिर्नु पर्दैन । यदि त्यस्ता कर-मुक्त गैर-मुनाफामूलक संस्थाहरूले कम्पनीमा केही सेयर प्राप्त गर्दछन् भने गैर-मुनाफामूलक संस्थाले अर्को आर्थिक वर्षको अन्त्य भन्दा पहिले त्यसलाई लिक्विडेट गर्नुपर्ने आवश्यक रहन्छ र प्राप्त रकम कर कानुनद्वारा निर्दिष्ट उपकरणहरूमा जम्मा गर्नु पर्दछ।

योगलाई बढावा दिन केही नगरेको योगक्षेमले आर्थिक वर्ष २०२२-२३ मा रुची सोयाको सेयरबाट ३० करोड भारु लाभांश कमाएको थियो ।

यस आर्थिक वर्षमा कम्पनीले रुची सोयाको सेयरमार्फत कमाएको आम्दानीको ६० प्रतिशतभन्दा केही बढी अर्थात् १९ करोड ४३ लाख रुपैयाँ अज्ञात संस्थालाई दिएको दानमा खर्च गरेको छ । फलस्वरूप, यो लाभांश आयमा १०.४८ करोड रुपैयाँ आयकर तिर्न पुग्यो।

तर, यसले योगक्षेम संस्थानको प्रयोगमा कुनै परिवर्तन गरेन। कम्पनीले आफू परोपकारी संस्था भएको दाबी गर्दै आएको छ । सरकारले यसलाई करमुक्त दर्जा प्रदान गरिरहेको छ ।

कम्पनीको पछिल्लो वित्तीय रेकर्डअनुसार रुचि सोया (हाल पतञ्जली फुड्स) मा यसको १६.५२ प्रतिशत सेयर रहेको छ ।

रामदेवको व्यापारिक साम्राज्य फस्टाउँदै गएको छ । योगक्षेम संस्थान जस्ता उनका कम ज्ञात र शंकास्पद कम्पनीहरू गोप्य ‍उपकरण बन्ने क्रम जारी छ।

रिपोर्टको अङ्ग्रेजी मूल संस्करण